काठमाडौँ । सत्ता गठबन्धनले उपराष्ट्रपति उम्मेदवारबारे देखिएको विवादको समाधान बिहीबार खोज्ने भएको छ । बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन बैठकमा यसबारे छलफल भएपनि सहमति जुट्न बाँकी रहेको नेताहरुको भनाइ छ ।
माओवादी केन्द्रका नेता शक्ति बस्नेतले बिहीबार पुनः बैठक बसेर सहमति खोजिने बताए । पुस ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनबाट तीन जनाको उम्मेदवारी रहेको छ । जसमा जसका प्रमिला यादवले उम्मेदवारी निष्क्रिय गरेपनि दुई जनाको कायमै छ ।
यी दुईमध्ये एक जनालाई ब्याक गराएर साझा उम्मेदवार तय गर्न प्रयास गरिने नेताहरुको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया