सत्ता साझेदार दलको बैठक बालुवाटारमा जारी

लोकपथ
77
Shares

काठमाडौं । सत्ता साझेदार १० दलका शीर्ष नेताहरुको बैठक शुरू भएको छ ।

केहीबेरअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक शुरु भएको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराई, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव जनमत पार्टीका अध्यक्ष सीके राउत लगायत शीर्ष नेताहरुको उपस्थिती रहेको छ ।

बैठकमा चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका बारेमा छलफल भइरहेको छ ।

उपराष्ट्रपतिको निर्वाचनमा गठबन्धनका तर्फबाट जसपाका रामसहायप्रसाद यादव उम्मेदवार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?