काठमाडौं । ६ वटा प्रदेशका प्रमुखहरूले प्रधानमन्त्री पुष्पकमल दाहालसँग सामूहिक भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको भेटमा संघीयतालाई कसरी प्रभावकारी रूपमा कार्यान्वयन गर्ने भन्ने विषयमा छलफल भएको छ ।
प्रधानमन्त्रीसँगको भेटमा प्रदेश प्रमुखहरूले मर्यादाक्रमको विषय पनि उठाएका थिए । हाल प्रदेश प्रमुखहरूको मर्यादाक्रम सातौं नम्बर (आफ्नो प्रदेश)मा छ । आफ्नो प्रदेशभन्दा बाहिर गएपछि भने आठौं नम्बरमा मर्यादाक्रम झर्ने गरेको छ । त्यसैले, यो मर्यादाक्रम सच्याउनुपर्ने सुझाव प्रदेश प्रमुखहरूले राखेका थिए ।
भेटमा कोशी प्रदेशका प्रमुख परशुराम खापुङ, मधेस प्रदेश प्रमुख हरिशंकर मिश्र, बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्मा, गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङ, लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचन र कर्णाली प्रदेश प्रमुख तिलक परियार थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया