काठमाडौं । गठबन्धनबाट उपराष्ट्रपतिको उम्मेदवार बनेका रामसहायप्रसाद यादवले लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोसँग मत मागेका छन् ।
मंगलबार दिउँसो लोसपा केन्द्रीय कार्यालय बबरमहलमा पुगेर यादवले मत मागेका हुन् ।
सो क्रममा वरिष्ठ नेता यादवले आफ्नो दल मत दिनेबारे सकारात्मक रहेको जसपा नेता प्रदीप यादवले जानकारी दिए ।
‘बबरमहल स्थित लोसपा पार्टी कार्यालयमा भएको सो भेटमा बरिष्ठ नेता श्री राजेन्द्र महतो ज्युले आफु संघीयताको पक्षधर रहेको र उपराष्ट्रपतिको निर्वाचन प्रती साकारात्मक रहि सबैको साझा सल्लाह र गठबन्धनमा छलफल गरी अघी बढने प्रतिबद्धता जाहेर गर्नु भएको छ ।’ उनले भने ।
यसअघि यादवले अन्य राजनीतिक दलका शीर्ष नेताहरुसँग समेत भेटघाट गरेका छन् ।
आगामी चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि गठबन्धनबाट जसपाका यादव उम्मेदवार रहेका छन् । त्यस्तै नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट ममता झा उम्मेदवारी रहेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया