काठमाडौं–जमकट्टेल सेवा प्रतिष्ठान नेपालको साधारणसभा सम्पन्न भएको छ । देशभर रहेका जमकट्टेल बन्धुहरूको संघ सस्थाको प्रतिनिधिको उपस्थितिमा शनिबार राजधानीमा प्रतिष्ठानको साधारणसभा सम्पन्न भएको हो ।
प्रतिष्ठानको अध्यक्षमा गणेश जमकट्टेल चयन भएका छन् । यस्तै वरिष्ठ उपाध्यक्षमा प्राध्यापक डाक्टर शम्भु कट्टेललाई चयन गरिएको भने उपाध्यक्षमा मेघराज जमकट्टेल, डम्बर जमकट्टेल, मनसा जमकट्टेललाई चयन गरिएको छ । यस्तै महासचिवमा रमेश जमकट्टेललाई चयन गरिएको छ ।
यस्तै सचिबमा बुद्धि जमकट्टेल, सुरेशबाबु जमकट्टेल, अमित जमकट्टेल, युवराज जमकट्टेल, टीका प्रसाद जमकट्टेल, देवी प्रसाद जमकट्टेल, कोषाध्यक्षमा सीता जमकट्टेल र सहकोषध्यक्षमा रमेश जमकट्टेलका साथै टीकाकुमारी जमकट्टेल चयन भएका छन् ।
यस्तै कार्यसमितिको सदस्यमा ऋवि जमकट्टेल, शोभाकान्त जमकट्टेल, विष्णु जमकट्टेल, भवानी जमकट्टेल, टेक प्रसाद जमकट्टेल, उद्धव जमकट्टेल, उपेन्द्र जमकट्टेल, जय प्रसाद जमकट्टेल र सुदर्शन जमकट्टेल चयन भएका छन् ।

यसअघि क्षेत्रगत रूपमा रहेका सबै संघ सस्थालाई एकीकृत गर्दै केन्द्रीय समितिको रूपमा प्रतिष्ठानले काम गर्ने प्रतिष्ठानका महासचिव रमेश जमकट्टेलले जानकारी दिए ।
यस्तै सस्थालाई प्रभावकारी रूपमा सञ्चालन गर्न विभिन्न उपसमिति गठन गरिएको छ । वंशावली प्रशासन समितिको संयोजनको जिम्मेवारी डा शम्भु जमकट्टेललाई दिइएको छ भने आर्थिक समितिको संयोजकमा चुडा जमकट्टेल, समन्वय समिति संयोजक मेघराज जमकट्टेल, खेलकुद तथा सांस्कृतिक समिति संयोजकमा टेक प्रसाद जमकट्टेल र प्रचार प्रसार समितिको संयोजकमा रमेश जमकट्टेललाई तोकिएको छ ।
यस्तै यसअघि देशभर रहेका विभिन्न समितिका अध्यक्ष र अन्य केहीलाई सल्लाहकारको भूमिका दिइएको छ ।
नेपाल र विश्वमा नै छरिएर रहेका भारतद्वाज गोत्रिय जमकट्टेल, कट्टेल र जमरकट्टेल एकै भएको जमकट्टेल बन्धु समाजको वंशावलीमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया