३० श्रावण २०७९, सोमवार

भट्टराईको नेतृत्वमा संमृद्धि आउँदैन : नारायणकाजी

२०७४,कार्तिक,६,सोमवार १०:१६

0
Shares

गोरखा, ६ कात्तिक ।गोरखा २ बाट उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईको नेतृत्वमा देशमा संमृद्धि नआउने दाबी गरेका छन । श्रेष्ठ र भट्टराई गोरखा २ बाट चुनावी प्रतिष्पर्धामा छन ।गोरखा २ वामपन्थी क्रान्तिकारीको किल्ला भएको, संगठन राम्रो भएको, वाम गठबन्धनले गर्दा कार्यकर्तामा उच्च मनोबल रहेको र कार्यदिशा स्पष्ट भएकाले आफूले निर्वाचन जित्ने श्रेष्ठको तर्क छ । नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलमात्र नभई पार्टी पनि एकता गर्ने सहमति भइसकेको श्रेष्ठले जानकारी दिए ।पर्यटन, शिक्षा, जडीबुटी व्यवस्थापन गर्दै गोरखा विकासमा नमूना जिल्ला बनाउने दावी श्रेष्ठले गरे । सदरमुकाममा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले भने, “बाबुरामजीलाई वाम गठबन्धनमा हामीले नै सामेल गरौँ भनेर सहभागी गराएका थियौँ । उहाँकै प्रवृत्तिले छाड्नुपरेको हो । नारायणकाजीले गर्दा उहाँ वाम गठबन्धनबाट बाहिरिएको भन्ने सत्य होइन ।” 

प्रकाशित मिति: २०७४,कार्तिक,६,सोमवार १०:१६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आगामी मंसिर ४ गतेका लागि घोषणा भएको छ । निर्वाचन आयोगको परामर्शमा सरकारले यही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको केन्द्रीय कार्य समितिको बैठक सुरू भएको छ । काठमाडौंको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ । आज दिउँसो बस्ने भनिएको स्थायी समिति बैठक भोलि

काठमाडौं । काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका गठबन्धनका

ताजा समाचार

फर्केर हेर्दा पहिलो त्यो आम निर्वाचन
 २०७९,श्रावण,३०,सोमवार १४:३७