त्रिचन्द्र क्याम्पसमा तोडफोड

लोकपथ
91
Shares

काठमाडौं । त्रिचन्द्र क्याम्पसमा तोडफोड भएको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन प्रक्रिया अघि नबढाइएको भन्दै त्रिचन्द्र क्याम्पसमा तोडफोड गरिएको हो ।

विद्यार्थीको एक समूहले क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख र निर्वाचन अधिकृतको कार्यकक्षमा तोडफोड गरेका हुन् । तोडफोडबाट टेबल तथा कुर्सीहरुमा क्षति पुगेको छ ।

त्रिचन्द्र क्याम्पसमा विवादका कारण फागुन २७ गते मनोनयन दर्ता हुन सकेको थिएन ।

हेर्नुहोस् तस्बिर : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?