काठमाडौँ । राष्ट्रिय जनमोर्चाले सङ्घीयताका विरुद्ध यही चैत १० देखि १५ गतेसम्म देशव्यापी अभियान चलाउने निर्णय गरेको छ । उक्त अभियान अन्तर्गत सभा र कोणसभाहरू गरिने जनमोर्चाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बुटवलमा सम्पन्न भएको जनमोर्चाको राष्ट्रिय परिषदको प्रथम बैठकले चैत २४ गते देशव्यापी रूपमा ‘गणतन्त्रको रक्षा गरौँ, प्रतिगमनका विरुद्ध सङ्घर्ष गरौँ” भन्ने मूल नाराका साथ जनआन्दोलन दिवस मनाउने निर्णय पनि गरेको छ ।
यस्तै बैठकले आगामी वैशाख र जेठ महिनामा देशव्यापी रूपमा जिल्ला सम्मेलन तथा भेला गर्ने तय गरेको छ । असोज महिनामा देशव्यापी रूपमा एक महिने सदस्यता वितरण अभियान सञ्चालन गर्ने निर्णय भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया