१६ चैत्र २०७९, बिहीवार

रमेश प्रसाईंको स्वरमा एकाउन्न वर्ष अगाडिको गीत

२०७९,फाल्गुन,२९,सोमवार २१:४८

0
Shares

वरिष्ठ गायक तथा सर्जक नवीनकिशोर राईले विसं २०२८ मा तयार गरेको ‘टिकुली ट्याक’ बोलको गीत नयाँ स्वरूपमा तयार गरेर सार्वजनिक गरिएको छ । एकाउन्न वर्षपछि पुनः रेकर्ड गरिएको गीतमा रमेश प्रसाईंको स्वर रहेको छ । सोमबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै गीतको भिडियोसमेत सार्वजनिक गरिएको छ ।

कलाकार दीपक आचार्य (काकु) ले निर्देशन तथा निर्माण गरेको गीतको भिडियोमा हरिश निरौला, प्रियना आचार्य, पुष्पराज ओझा, तुलसी घिमिरे, गरिमा शर्माले अभिनय गरेका छन् । भिडियोमा सुबोल थापाले कोरियोग्राफी र पवन सुस्लिङले छायाङ्कन गरेका छन् । सङ्खुवासभा, तेह्रथुम र धनकुटामा छायाङ्कन गरिएको भिडियोले मौलिकतालाई समेटेको निर्देशक अचार्यले जानकारी दिए ।

“पुरानो परिवेश देखाउनुपर्ने भएकाले काठमाडौँ बाहिरको स्थललाई ध्यान दिएका हौँ । गीतलाई पुरानै शैलीमा प्राविधिकरूपमा नयाँपन दिएका मात्र हौँ”, निर्देशक आचार्यले भने, “गोठालो, हलीलगायतका दृश्यले भिडियोमा मौलिकताको आभास दिलाउनेछ । गीतमार्फत पुराना सर्जक नयाँ पुस्तामा पुग्नु हुनेछ भन्ने विश्वास छ ।”

सयबढी गीत गाएका राईले ‘टिकुली ट्याक’ जीवनकै पहिलो गीत रहेको जानकारी दिए । “मैले ३० वर्षदेखि गीत गाएको छैन । स्वास्थ्यले साथ नदिएपछि गीत गाउन छाडे तापनि सिर्जनाबाट टाढिएको छैन”, गायक राईले भने, “रेडियो नेपालमा रेकर्ड भए तापनि अफिसियलरूपमा कुनै पनि माध्यममा नराखिएकाले दर्शक तथा स्रोतालाई यो अवश्य नयाँ लाग्नेछ ।” निर्देशक आचार्यसहितको टिमले गीतलाई नयाँ स्वरूपमा ल्याउने अनुमति मागेपछि खुसीसाथ सहकार्य गर्न तयार रहेकोसमेत उनले बताए ।

भिडियोबाट हुने आम्दानीको केही प्रतिशत १४ अनाथ बालबालिका आश्रित अन्तर्दृष्टि नेपाललाई प्रदान गरिनेसमेत कार्यक्रमका निर्देशक आचार्यले जानकारी दिए । रासस

प्रकाशित मिति: २०७९,फाल्गुन,२९,सोमवार २१:४८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

चलचित्र ‘स्वर’ मार्फत अभिनयको सुरुआत गरेकी अभिनेत्री बेनिशा हमाल निर्देशक बनेकी छन् । उनको निर्देशन रहेको छोटो चलचित्र ‘मिसिङ ब्राइड’

काठमाडौँ । कलाकारको छाता सङ्गठन नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्ष पदमा मोहन निरौला विजयी भएका छन् । शनिबार सम्पन्न १९औँ

बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ आगामी जेठ १२ गतेदेखि देशभर प्रदर्शन हुने भएको छ । ‘द पाल्म गुप्र प्रालि’ को

काठमाडौँ ।  नेपाली चलचित्र ‘प्रेमा’लाई हिन्दी, तमिल र तेलुगु भाषामा समेत प्रदर्शन गरिने भएको छ । काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा

ताजा समाचार

ललितपुर मेयर्स कप : एपीएफ क्लब च्याम्पियन
 २०७९,चैत्र,१६,बिहीवार १३:१६