राष्ट्रपति पौडेललाई भारतीय राष्ट्रपति मुर्मुले पनि दिइन् बधाई

लोकपथ
78
Shares
sf7df8f}F, @( kmfu’gM gjlgjf{lrt /fi6«klt kf}8]n gjlgjf{lrt /fi6«klt /fdrGb| kf}8]n /fi6«klt sfof{nodf cfof]lht ljz]if ;df/f]xdf kb tyf uf]kgLotfsf] zkyu|x0f kl5 ;df/f]xdf pkl:yt dfg’efjx?nfO{ clejfbg ug'{x’Fb} . tl:a/ M /Tg >]i7÷/f;;

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले बधाई ज्ञापन गरेकी छन् ।

आज पद तथा गोपनीयताको शपथ लिनुभएका राष्ट्रपति पौडेललाई भारतीय समकक्षी मुर्मुले एक पत्र लेखी नेपालको राष्ट्रपतिमा नियुक्त भएकामा आफू र भारतीय नागरिकका तर्फबाट हार्दिक बधाई ज्ञापन गरेकी हुन् ।

सो पत्रमा उनले भारत र नेपालबीच छिमेकी देशका हैसियतले निकै लामो समयदेखि सौहार्दपूर्ण सम्बन्ध रही आएको र दुई देशका नागरिकबीच जनसम्पर्क महत्वपूर्ण रहेको उल्लेख गरेकी छन् ।

सो पत्रमा भारतीय राष्ट्रपति मुर्मुले भारत र नेपालबीचको निकै पुरानो सम्बन्धमा पछिल्ला केही वर्ष यता उल्लेखनीय प्रगति हुँदै गएको र यसका माध्यमबाट दुवै देशका नागरिकले पारस्पारिक लाभ लिन सकेको उल्लेख छ ।

राष्ट्रपति पौडेलको कार्यकालमा उनको नेतृत्वमा भारत र नेपालबीच बहुपक्षीय र बृहत्तर सम्बन्ध थप सुदृढ बन्ने कुरामा आफू विश्वस्त रहेको पनि राष्ट्रपति मुर्मुको सो बधाई सन्देशमा उल्लेख छ ।

द्विपक्षीय सम्बन्ध र साझेदारीका क्षेत्रमा आगामी दिनमा नजिक रहेर काम गर्न आफू इच्छुक रहेको उनले बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?