यी हुन् कर्णाली मन्त्रिपरिषद् बैठकले गरेका पाँच निर्णय

काठमाडौं । कर्णाली प्रदेशको शुक्रवार बसेको ३२ औँ मन्त्रिपरिषद् बैठकले ५ निर्णय गरेको छ । 

शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले कालिकोट जिल्लाको पलाता गाँउपालिका वडा नंं. १ न्यौपानेखाडामा २०७५ पौष ८ गते राती भएको आगजनीको घटना र त्यसबाट भएको ठूलो आर्थिक तथा भौतिक क्षतिप्रति दुःख प्रकट गर्दै सो घटनाका घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।  

त्यस्तै पिडितहरुका लागि प्रदेश सरकारको तर्फबाट प्रति परिवार २० हजार नगद तथा अन्य राहत सामाग्री उपलब्ध गराउने निर्णय गरेको छ । साथै अग्नीपिडितहरुको उद्धार, अस्थायी वसोवास, खाद्यान्न, लत्ताकपडा लगायत आर्थिक तथा भौतिक सहयोग गर्ने संघीय सरकार, गृहमन्त्रालय, स्थानीय सरकार, राजनैतिक दल, गैरसरकारी संघसंस्था र सहयोगी व्यक्तिहरुलाई प्रदेश सरकार धन्यवाद प्रकट गरेको छ । 

कालिकोट जिल्लाको पलातामा भएको आगलागिबाट पीडित परिवारहरुको पुनस्र्थापनाका लागि अग्नीपिडित परिवार पुनस्र्थापना कार्यक्रम संचालन गर्ने । अग्नीपिडितहरुको आवास निर्माणका लागि नमुना नक्सा, प्राविधिक सहयोग र प्रति घरपरिवार रु.५ लाख आर्थिक सहयोग गर्ने निर्णय गरियो । साथै सो कार्यक्रम अन्तरगत अग्नीपिडितहरुको आवास निर्माणमा सहयोग गर्न चाहने सरकारी तथा गैरसरकारी संघ संस्था र व्यक्तिहरुलाई प्रदेश सरकारले आवश्यक समन्वय तथा अपिल गर्ने निर्णय बैठकले गरेको छ । 

सामाजिक विकास मन्त्रालयको प्रस्ताव वमोजिम प्रदेश सरकार मातहतका जिल्ला अस्पत्ताल र आयुर्वेद औषधालय व्यवस्थापन समितिको अध्यक्ष तथा सदस्यमा निम्न व्यक्तिलाई मनोनयन गर्ने निर्णय समेत बैठकले गरेको छ ।  

अन्तरप्रदेश समन्वय परिषदको मिति २०७५ पौष ३ गतेको बैठकले स्वीकृत गरेको संघीयता कार्यान्वयन सहजीकरण कार्ययोजना कार्यान्वयनमा सहयोग गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।

यस्तै बैठकले सामाजिक विकास मन्त्रालयको प्रस्ताव वमोजिम प्रदेश सरकार मातहतका जिल्ला अस्पताल र आयुर्वेद औषधालय व्यवस्थापन समितिको अध्यक्ष तथा सदस्यमा मनोनयन गर्ने निर्णय समेत गरेको कर्णाली प्रदेश सरकारकी प्रवक्ता एवं भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन् ।  

अस्पतालमा मनोनय गर्ने अध्यक्ष र सदस्यको नामावली:-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?