गण्डकी प्रदेशमा आइतवार सार्वजनिक बिदा

काठमाडौं । आइतवार गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिने भएको छ । 

पुस १५ गते मनाइँने पर्व तुम ल्होसारको अवसरमा गण्डकी प्रदेश सरकारले बिदा दिने भएको हो । 

गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले शुक्रवार विज्ञप्ती जारी गर्दै पुस १५ गते गुरुङ समुदायले मनाउने तमु ल्होसार पर्वको अवसरमा आइतवार गण्डकी प्रदेशमा सार्वजनिक बिदाको दिने घोषणा गरेको हो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?