काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) बाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवले भेटघाटलाई तीव्रता दिएका छन् ।
सो क्रममा यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग भेटघाट गरेका छन् ।
केहीबेरअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर प्रधानमन्त्रीसँग भेटघाट गरेका हुन् ।
भेटमा आफू र आफ्नो दलबाट सहयोग हुने बचन पाएको जसपा सांसद यादवले जानकारी दिए ।
त्यस्तै आजै बिहान माधव नेपाल निवास कोटेश्वर पुगेर सहयोग मागेका हुन् ।
सो क्रममा अध्यक्ष नेपालले आफू र आफ्ना पार्टीका सांसदहरुले पूर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको जसपा सांसद प्रदीप यादवले जानकारी दिए ।

नेपालको भनाई उद्धृत गर्दै उनले भने, ‘भेटघाटको क्रममा माननीय माधव नेपालज्युले आफु र आफ्नो पार्टीका सबै सासंदले मतदान गरी पुर्णरूपले सहयोग गर्ने प्रतिबद्धता सहित अग्रिम बधाई समेत दिनुभयो ।’
आगामी चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि ४ जना चुनावी मैदानमा रहेका छन् ।
जसपाबाट रामसहायप्रसाद यादव र प्रमिला कुमारी यादव नै उम्मेवार रहेका छन् भने नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट ममता झा उम्मेदवार रहेकी छिन् ।
रामसहायलाई वर्तमान गठबन्धनको समेत साथ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया