२० मङ्सिर २०८०, बुधबार

नागरिकताविहीनहरुको फोटो प्रदर्शनी

२०७४,कार्तिक,६,सोमवार ०९:५२

0
Shares

काठमाडौँ, ६ कात्तिक ।नागरिकताबाट वञ्चित नेपालीहरुको कथाव्यथालाई तस्वीरमा उतारिएको छ । यस सम्बन्धी फोटो प्रदर्शनी आजदेखि नेपाल कला परिषद्मा शुरु भएको छ ।महिला, कानून र विकास मञ्च र नागरिकताबाट प्रभावित व्यक्तिको सञ्जालद्वारा संयुक्तरुपमा आयोजित ‘नागरिकताबाट वञ्चित नेपालीको कथासम्बन्धी फोटो प्रदर्शनी’ को राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले उद्घाटन गरे ।सो अवसरमा आयोगका अध्यक्ष शर्माले संविधानमा व्यवस्था गरिएका मौलिक हकको प्रावधानलाई तीन वर्षभित्र कानून बनाएर लागू गनुपर्ने व्यवस्था गरिएको बताउँदै संविधान अनुकूल नागरिकतासम्बन्धी ऐन निर्माण गरी लागू गरेपछि नागरिकतासम्बन्धी समस्या समाधान हुने विश्वास व्यक्त गरे ।पूर्व प्रधानन्यायाधीश शर्माले सर्वोच्च अदालतबाट आमाको नामबाट नागरिकता दिने नजिर प्रतिपादन गरेता पनि त्यसको प्रभावकारी रुपमा कार्यान्वयन नहुँदा समस्या भएको उल्लेख गरे ।मञ्चका अध्यक्ष तथा अधिवक्ता मीरा ढुंगानाले नेपालकै नागरिक भएर पनि नागरिकविहीन भएर बस्नुपर्ने नेपालीको पीडा सरकार तथा सरोकारवाला पक्षले बुझ्न आवश्यक भएको बताए ।कार्यक्रममा मञ्चद्वारा प्रकाशित ‘नागरिकताका सम्बन्धमा न्यायालयबाट भएका केही फैसलाको सारसंक्षेप तथा प्रतिपादित नजिर’ नामक पुस्तिका सार्वजनिक गरिएको थियो ।प्रदर्शनीमा ५५ वटा तस्वीर राखिएका छन् । प्रदर्शनीमा राखिएका तस्वीरमा बाबु भागेका, विदेशी नागरिकसँग विवाह गरेका तर नेपालमा बसेका महिलाबाट जन्मिएका सन्तानले नागरिकता नपाएको अवस्था दर्शाइएको छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,६,सोमवार ०९:५२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पोर्चुगल पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर–८

धनकुटा । धनकुटामा गत एक हप्तादेखि ढोल नाच (पापनी) र मारुनी नाचेर मनाइने वाडाङ्मी पर्वको रौनक छाएको छ । विशेष

काठमाडौं । तेस्रो अन्तरराष्ट्रिय जलरङ्ग महोत्सव (वाटर कलर फेस्टिबल) आज देखि सुरु भएको छ । शनिबार नेपाल कला परिषद्मा अन्तरराष्ट्रिय

काठमाडौं । नेपालका महिला प्रहरी अधिकृतहरुको नाम लिँदा प्रहरी नायब उपरीक्षक (डिएसपी) पूर्णिमा चन्दको नाम पहिलो लहरमै आउँछ । जो

ताजा समाचार