विवेकशील साझाको केन्द्रीय सदस्यमा १४ जना थपिए

लोकपथ
28
Shares

काठमाडौं । विवेकशील साझा पार्टीको केन्द्रीय सदस्यमा १४ जना चयन भएका छन् ।

फागुन १५ गते बसेको पार्टीको केन्द्रीय समिति बैठकले दुई जना र फागुन २७ गते बसेको बैठकले १२ जनालाई केन्द्रीय समिति सदस्यमा मनोनित गरेको हो ।

फागुन १५ गतेको बैठकले बागमती प्रदेशको तर्फबाट भक्तपुरका सुरज प्रधान र काठमाडौंका सुरेन्द्र रानाभाटलाई केन्द्रीय समिति सदस्यमा सर्व सम्मत चयन भएका हुन् ।

त्यसैगरी फागुन २७ गतेको बैठकले नवराज थापा (गोरखा), रुस्तम अन्सारी (बारा), सूर्यदीप रेग्मी ‘दिपक’ (कर्णाली), चक्र न्योैपाने (ज्येष्ठ नागरिक÷काठमाडौं) (निर्जला कक्षपती, हरिश भट्ट (सुदुरपश्चिम), धनेज थापा (काठमाडौं), सरोज गौतम (गण्डकी), मिलन परियार (ललितपुर), निरन्जन चापागाँई (काठमाडौं), शिशिर बन्जारा (गण्डकी) र चन्द्र श्रेष्ठलाई मनोनित गरेको हो ।

त्यस्तै बैठकले विभिन्न कार्यक्रम/अभियानः बृहत्तर छलफल मार्फत वार्षिक क्यालेण्डर निर्माण गरि पार्टी गतिविधि तथा आन्दोलन तय गर्ने निर्णय गरेको पार्टी अध्यक्ष समीक्षा बास्कोटाले जानकारी दिइन् । उनका अनुसार प्रदेशको अधिवेशनहरु प्राथमिकताको अग्रभागमा राखी काम गर्ने, ‘महाधिवेशन सन्देश’ लिएर देशब्यापी यात्रा शुरु गर्ने लगायतका कार्यक्रमहरु समेत तय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?