उपराष्ट्रपति निर्वाचन अधिकृतले भने– ‘बलपूर्वक व्याख्या गर्न मिल्दैन’ (पूर्णपाठ)

लोकपथ
91
Shares

काठमाडौं । उपराष्ट्रपति निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत महेश शर्मा पौडेलले उपराष्ट्रपतिको उम्मेदवार रामसहायप्रसाद यादवको उम्मेदवारी कायम राख्ने निर्णय गरेका छन् ।

शनिबार उम्मेवारी दर्ता गरेका जसपा संसदीय दलका नेता यादवको उम्मेवारीविरुद्ध उजुरी परेको थियो । राष्ट्रपतिमा पुरुष खस आर्यको उम्मेदवारले जितेको भन्दै उपराष्ट्रपतिमा फरक लिंग वा समुदायबाट उम्मेदवार हुनुपर्ने निर्वाचन आयोगले निर्णय गरेको थियो ।

त्यससँगै यादवको उम्मेदवारी परेको र त्यसको विरुद्ध उजुरी परेसँगै मुख्य निर्वाचित अधिकृत पौडेलले यादवको उजुरी कायम राख्ने निर्णय गरेका छन् ।

संविधानले नै व्यवस्था अनुसार नै यादवको उम्मेदवारी कायम राखेको भन्दै संवैधानिक व्यवस्था नै परिवर्तन वा निस्तेज हुने गरी बलपूर्वक व्याख्या गर्न नमिल्ने दाबी गरे ।

‘यदि संविधान निर्माता वा विधायिकाले लिंग र समुदाय दुवै फरक हुनुपर्ने मनसाय राखेको भए लिंग वा समुदायको सट्टा लिंग र समुदाय शब्द लेखिएको हुन्थ्यो ।’ जारी विज्ञप्तिमा भनिएको छ, ‘संविधान वा काुनूनको व्याख्या गर्दा संविधान निर्माता वा विधायिकाले जुन रुपमा व्यवस्था गरेको छ सोही रुप र अर्थमा नै प्रयोग गर्नुपर्ने हुन्छ । साथै, संवैधानिक व्यवस्था नै परिवर्तन वा निस्तेज हुने गरी बलपूर्वक व्याख्या गर्न पनि मिल्ने हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?