काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले देशको अर्थतन्त्र सजिलो अवस्थामा नभए पनि आत्तिइहाल्नुपर्ने अवस्थामा नरहेको स्पष्ट पारेका छन् ।
आइतबार नेपाल निर्माण व्यवसायी महासंघको २४औँ साधारणसभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हु्न् ।
गत वर्ष वैदेशिक मुद्रा सञ्चितिमा ह्रास आएको कारण केही कठिनाइ रहे पनि अहिले सकारले लिएको नीतिका कारण संकटका सम्भावना टरेको दाबी गरे ।
‘देशको अर्थतन्त्र अहिले पनि सजिलो अवस्थामा छैन । तर आत्तिइहाल्नुपर्ने परिस्थिति पनि छैन । गत वर्ष हामीसँग वैदेशिक मुद्रा सञ्चितिमा ह्रास आउँदा कतै मुलुक आर्थिक संकटमा परिहाल्ने हो कि, त्यसले सिंगो देशको स्वाधीनता र अस्तित्व संकटमा पर्ने हो कि भन्नेजस्तो परिस्थिति विद्यमान थियो ।’ प्रधानमन्त्रीले भने, ‘तर बाह्य क्षेत्र सन्तुलनमा राख्न तात्कालीन अवस्थामा सरकारले लिएका नीतिहरूका कारणले गर्दा त्यस्तो संकटको सम्भावना टरेको छ ।’

विश्वव्यापी रुपमा देखिएको आर्थिक संकटका बेला कतिपय छिमेकी राष्ट्रहरुमा समेत वैदेशिक मुद्रा घट्दो अवस्थामा रहेको कारण अहिले नेपालसँग आयात धान्न सक्ने अवस्थामा सञ्चिती रहेको बताए ।
‘हाम्रै छिमेकका केही मुलुकहरू वैदेशिक मुद्राको घट्दो सञ्चितिबाट आर्थिक रूपले कठिन अवस्थामा परेको बेला हामीसँग १० महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्ने सञ्चिति रहेको छ । यसले हाम्रो अर्थतन्त्र संकटबाट क्रमशः सुधारतर्फ अग्रसर भइरहेको देखाउँछ ।’ प्रधानमन्त्रीले भने ।
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै निर्माण व्यवसायको क्षेत्रमा व्यवसायीहरुले राखेको माग सम्बोधनका लागि सरकार तयारी अवस्थामा रहेको स्पष्ट पारे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया