काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले उपराष्ट्रपति उम्मेदवारको विषयमा थप छलफल थालेको छ ।
उपराष्ट्रपतिमा उम्मेदवारी दिएकी प्रमिलाकुमारी यादवको उम्मेदवारी कायम राख्ने वा नराख्ने भन्ने विषयमा छलफल थालेको हो ।
केहीबेरअघि पार्टी कार्यालयमा सो विषयमा छलफल भइरहेका जसपाका सांसद प्रदीप यादवले लोकपथलाई जानकारी दिए ।
शनिबार जसपाले पुरुषबाट रामसहायप्रसाद यादव र महिलाबाट प्रमिलालाई उम्मेदवार बनाएको थियो ।
निर्वाचन आयोगले राष्ट्रपतिमा खस आर्य पुरुष उम्मेदवारले जितेसँगै उपराष्ट्रपतिमा फरक लिंग वा समुदायबाट उम्मेदवार बन्नुपर्ने बताएको थियो ।
त्यससँगै जसपाले दुई उम्मेदवार उठाएको थियो । रामसहायको उम्मेदावारीको विषयमा उजुरी परे पनि निर्वाचन अधिकृतको कार्यालयले उनको उम्मेदवारी कायमै रहने निर्णय गरेको छ ।
त्यससँगै प्रमिलाको उम्मेदवारी कायम राख्ने वा नराख्ने भन्ने विषयमा छलफल भइरहेको हो ।
‘उपराष्ट्रपतिमा पार्टीबाट दुई जनाको उम्मेदवारी परेको छ ।’ उनले भने, ‘एक जनाको उम्मेदवारी कायम राख्ने वा नराख्ने भन्ने विषयमा छलफल भइरहेको छ ।’
यता एमालेबाट अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दिएकी छिन् । भने जनमत पार्टीबाट ममता झाले उम्मेदवारी दर्ता गराएकी छिन् । आजै उपराष्ट्रपतिको उम्मेदावरको अन्तिम नामावली प्रकाशन हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया