काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले भोलि पद तथा गोपनियताको शपथ लिँदैछन् ।
सोमबार दिउँसो १ बजेका लागि शपथका लागि एक समारोहको आयोजना गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले लोकपथलाई जानकारी दिए ।
‘भोलि दिउँसो १ बजेका लागि शपथग्रहणको लागि एक समारोह आयोजना गरिएको छ ।’ उनले भने ।
फागुन २५ गते निर्वाचित भएका पौडेलले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट पद तथा गोपनियताको शपथ ग्रहण गर्न लागेका हुन् ।
त्यस्तै वर्तमान विद्यादेवी भण्डारी भोलि नै शीतलनिवासबाट निजी निवासमा सर्ने उनले बताए ।
आज रातिबाट भण्डारीको दोस्रो कार्यकालको ५ वर्षे अवधि सकिँदैछ । कार्यकाल सकिएसँगै उनी भोलि शीतलनिवासबाट बुढानिलकण्ठ चपलीस्थित निजी निवासमा सर्ने भएकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया