१८ चैत्र २०७९, शनिवार

कोशी प्रदेश बन्दका विरुद्ध व्यवसायीहरुले गरे प्रतिकार

२०७९,फाल्गुन,२८,आईतवार ११:५३

81
Shares

काठमाडौं । किरात मोर्चाले आयोजना गरेको कोशी प्रदेश बन्दको सुनसरीको इटहरीमा व्यवसायीहरूले प्रतिकार गरेका छन ।

कोशी प्रदेश नामाङकरण खारेजको माग गर्दै मोर्चाले २८ गते आइतबार प्रदेशभरी बन्द तथा आम हडताल आयोजना गरेको थियो । बिहानै बाट पसल बन्द गराउदै हिडेका मोर्चाका कार्यकर्ताहरूलाइ व्यवसायीहरूले घेरेर प्रतिकारमा उत्रिएपछि केहि समय बन्दकर्ता र व्यापारी बिच घम्साघम्सी समेत परेको थियो ।

व्यवसायीहरूले राजनीतिक मुद्धा सम्बन्धित ठाउमा गएर राख्न सुझाव दिदै आर्थिक तरलताका बिच तत्काल व्यवसायहरू बन्द गर्न नसकिने भन्दै प्रतिकार गरेपछि हाल सबै व्यवसाय सुचारू भएको छ । बिहान बन्दको प्रभाव देखिएपनि केहि समय पश्चात प्रहरी प्रसाशन, उद्योग वाणिज्य संघका पदाधिकारी , जन प्रतिनिधीसमेतको उपस्थितीमा व्यवसायहरू सुचारू गरिएको हो ।

उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जिवन पराजुलीले व्यवसायीहरूलाइ हतोत्साहित नहुन आग्रह गर्दै व्यवसाय सुचारू गर्न अनुरोध गरेका छन भने उपमहानगरका प्रमुख मेयर हेमकर्ण पौडेलले बन्दकर्ताहरूलाइ शान्तीपुर्ण तवरले आफ्नो माग सम्बन्धित स्थान वा कार्यालयमा राख्न अनुरोध गरेका छन ।

मुलुक आर्थिक तरलताबिच गुज्रिरहेको बेला अचानक व्यापार व्यवसाय बन्द गरिदा व्यवसायीहरू प्रत्यक्ष मार्कामा पर्न जाने सुझाव सहित शान्तीपुर्ण आन्दोलन गर्न मेयर पौडेलले बन्दकर्ताहरूलाइ सुझाव दिएका थिए । यसैबिच इटहरी प्रहरीले बन्दकर्ताहरूकै समन्वयमा राजमार्ग पनि खुलाएको छ । आन्दोलनलाइ शान्तिपुर्ण ढंगले सम्पन्न गर्न अनुरोध सहित राजमार्ग सुचारू गराइएको बताइएको छ ।

यता धरानमा भने बन्दकोआशिक प्रभाव परेको देखिएको छ । धरानमा पहाडी भेगबाट ठुला सवारी साधनहरू गुडेका छैनन भने व्यापार व्यवसायहरू पनि छिटफुट सञ्चालनमा आएका छन् ।

प्रकाशित मिति: २०७९,फाल्गुन,२८,आईतवार ११:५३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । शुक्रबार भौतिक पूर्वाधारबाट उपप्रधानसहित गृहमन्त्री बनेका नारायणकाजी श्रेष्ठले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालयमा शपथग्रहणपछि मन्त्रालय पुगेर

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शर्माले दोस्रोपटक विश्वासको

काठमाडौं । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले मन्त्रालयलाई मर्यादित र प्रतिष्ठित बनाइने प्रतिबद्धता व्यक्त गरेका छन्। सिंहदबारस्थित

काठमाडौं । १० वैशाखमा हुने उपनिर्वाचनमा नेकपा एमालेबाट चितवन–२ मा रामप्रसाद न्यौपाने सिफारिस भएका छन्। एमाले जिल्ला अध्यक्षमा समेत रहेका

ताजा समाचार

सुराकीको नाममा खर्च गर्ने प्रणाली खारेज
 २०७९,चैत्र,१७,शुक्रवार २१:१३
फेरि बढ्यो कोरोना सङ्क्रमण
 २०७९,चैत्र,१७,शुक्रवार २०:१८