काठमाडौं । जनता समाजवादी (जसपा) बाट उपराष्ट्रपतिको उम्मेदवार बनेका रामसहायप्रसाद यादवले आफूविरुद्ध परेको उजुरीको स्पष्टीकरण बुझाएका छन् ।
केहीबेरअघि राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय नयाँ बानेश्वर पुगेर यादवले स्पष्टीकरण बुझाएका हुन् ।
उनीविरुद्ध परेको उजुरीको जवाफ पेस गर्दै यादवले संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्ग वा समुदायको प्रतिनिधित्व गर्नुपर्ने भन्ने व्यवस्था रहेको र ‘वा’ भन्ने शब्दले विकल्प दिएकोले आफू उम्मेदवारको लागि योग्य भएको दावी पेश गरेका छन् ।
शनिबार नेकपा एमालेबाट उपराष्ट्रपतिको उम्मेदवार बनेकी अष्टलक्ष्मी शाक्यले राष्ट्रपतिमा पुरुषले जितेको भन्दै उनको उम्मेदवारी रद्धको माग गर्दै उजुरी दिएकी थिइन् ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया