उपराष्ट्रपति निर्वाचन : उजुरीबारे जवाफ दिन निर्वाचन कार्यालय पुगे रामसहायप्रसाद यादव

लोकपथ
56
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) बाट उपराष्ट्रपतिको उम्मेदवार बनेका रामसहायप्रसाद यादव निर्वाचन अधिकृतको कार्यालय पुगेका छन् ।

आफूविरुद्ध परेको उजुरीको जवाफ दिन केहीबेरअघि उनी संघीय संसद भवनमा रहेको निर्वाचन कार्यालय पुगेका हुन् ।

शनिबार उम्मेदवारी दर्ता गराएका यादवविरुद्ध नेकपा एमालेबाट उपराष्ट्रपतिको उम्मेदवार बनेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झाले उजुरी दिएका हुन् ।

आज निर्वाचन अधिकृतको कार्यालयले उजुरी उपुर जाँचबुझ गरी मध्याह्न १२ बजेभित्र निर्णय गरिसक्ने र पाँच बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका बनाएको छ ।
उम्मेदवारलाई आज उम्मदवारी फिर्ताको मौका दिने, ५ बजे अन्तिम नामावली प्रकाशन गर्ने र चैत ३ गते निर्वाचन गर्ने कार्यतालिका छ ।

जसपाबाट यादव, एमालेबाट शाक्य, जनमत पार्टीबाट झा र जसपाबाटै प्रमिला कुमारी यादवले उम्मेदवारी दिएका छन् ।

राष्ट्रपतिमा खस आर्यबाट रामचन्द्र पौडेलले जितेसँगै उपराष्ट्रपतिका लागि फरक लिंग वा फरक समुदायबाट उम्मेदवार बन्नुपर्ने निर्वाचन आयोगले जनाएको छ । गठबन्धनबाट पुरुषकै उम्मेदवारी परेको भन्दै यादवविरुद्ध उम्मेदवारी परेको हो ।

उपराष्ट्रपतिको उम्मेदवारी आगामी चैत ३ गते निर्वाचन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?