काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)को अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोको पुत्ला जलाइएको छ ।
निर्वाचित भएकै क्षेत्र जनकपुरमा उनको पुत्ला जलाइएको हो । धनुषा निर्वाचन क्षेत्र नं. ३ बाट महतो प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेता हुन् ।
राजपा नेपाल धनुषा अध्यक्ष मण्डलका सदस्य देवकृष्ण मण्डललाई हटाएर विद्यार्थी नेता ज्ञानेन्द्र झा ‘ज्ञानु’लाई मनोनित गरेपछि विवाद सुरु भएको थियो । संयोजक महतोले उनलाई मनोनित गरेको भन्दै त्यसको विरोधमा शुक्रबार साँझ जनकपुरको जनकचोकमा संयोजक महतोको पुत्ला दहन गरिएको हो ।
अध्यक्ष मण्डलको सदस्यबाट हटाइएका देवकृष्ण मण्डलको नेतृत्व र राजपाका प्रदेश सांसद एवं प्रदेश नं. २ का सचेतक प्रमेश्वर साहको विशेष उपस्थितिमा महतोको पुत्ला दहन गरिएको छ ।
संयोजक महतोले पार्टीमा सक्रिय भूमिका निर्वाह गर्ने देवकृष्ण मण्डललाई अध्यक्ष मण्डलका सदस्यबाट हटाएर अर्कालाई मनपरी ढंगले मनोनित गरी पार्टी हित विपरीत काम गरेको उनीहरुको आरोप छ ।
संयोजक परिवर्तन गरिएसँगै राजपामा किचलो सुरु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया