उपराष्ट्रपतिका उम्मेदवारमाथि परेको उजुरी छिनोफानो आज

लोकपथ
35
Shares

काठमाडौं । उपराष्ट्रपति पदमा उम्मेदवारी दिएका उम्मेदवारको मनोनयन र उजुरीहरु माथि आज जाँचबुझ हुने कार्यतालिका छ।

उपराष्ट्रपति निर्वाचनको कार्यतालिका अनुसार फागुन २७ मा उम्मेदवारी दिएका उम्मेदवारको हकमा परेका उजुरी माथि छानविन गरी उम्मेदवारको नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ ।

फागुन २७ गते नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, जनता समाजवादी पार्टी नेपालबाट उम्मेदवारद्धय रामसहाय यादव र प्रमिला यादव, जनमत पार्टीका ममता झाको उम्मेदवारी परेको छ ।

जसपा सांसद रामसहाय यादवको उम्मेदवारी माथि एमाले सांसद महेश बर्ताैलाले राष्ट्रपति पुरुष भएपछि संविधानतः उपराष्ट्रपति महिला हुनुपर्ने भन्दै उजुरी गरेका छन् । जसको निर्णय आजै हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?