काठमाडौं ।महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, डा. सिके राउत नेतृत्वको जनमत पार्टी र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकता हुने सहमति भएको छ ।
आज तीन दलबीच भएको बैठकबाट सो सहमति भएको हो। जनमतले उपराष्ट्रपतिमा उम्मेदवार बनाएको ममता झालाई यी तीनै दलले समर्थन गरेका छन् ।
सो समर्थनपछि अगामी दिनमा कार्यगत एकता गर्ने निर्णय भएको हो । सहमति पत्रमा तीनै दलका अध्यक्षहरुको हस्ताक्षर रहेको छ ।
उपराष्ट्रपतिको निर्वाचन, मधेश र थरूहट आन्दोलनका मुद्दाहरूको सम्बोधन, नागरिकता विधेयक, आन्दोलनकारीमाथिको मुद्दा फिर्ता, राजबंदीहरूको रिहाई, विगतका सहमतिहरूको कार्यान्वयन सहितका एजेन्डामा सहकार्य गर्दै अगाडि बढ्ने सहमति भएको जनमत पार्टीका अध्यक्ष राउतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया