शंकरदेव क्याम्पसको स्ववियु सभापतिमा नेविसंघबाट सुशान्तसिंह बस्नेतको उम्मेदवारी

लोकपथ
294
Shares

काठमाडौं । आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज प्रत्यक्षतर्फको मनोनयन दर्ता भएको छ ।

सो क्रममा व्यवस्थापन (म्यानेजमेन्ट) मा देशकै सबैभन्दा ठूलो शंकरदेव क्याम्पसमा उम्मेदवारी दर्ता भएको छ ।

शंकरदेव क्याम्पसमा नेपाल विद्यार्थी संघको तर्फबाट सुशान्तसिंह बस्नेतले सभापतिमा उम्मेदवारी गरेका छन् । बस्नेत लामो समयदेखि शंकरदेव क्याम्पसमा रही नेविसंघमा काम गरेका नेता हुन् । उम्मेदवारी दर्तापछि बोल्दै बस्नेतले आफूले विद्यार्थी हकहितका लागि लामो समय लढेको र आगामी दिनमा शैक्षिक मुद्दालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यसैगरी एमाले निकट अनेरास्ववियुबाट मुना तिवारी र अखिल क्रान्तिकारीबाट बिरेन्द्र जिसिको उम्मेदवारी परेको छ ।

२०६५ साल यता अन्य क्याम्पसमा जस्तै शंकरदेवमा पनि स्ववियु निर्वाचन हुन सकेको थिएन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?