स्ववियु निर्वाचन : अनेरास्ववियुले उपत्यकाका २९ क्याम्पसमा गरायो उम्मेदवारी दर्ता, कुन क्याम्पसमा को ?

लोकपथ
949
Shares

काठमाडौं । आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि आज उम्मेदवारी सम्पन्न भएको छ । त्रिभूवन विश्वविद्यालयद्वारा जारी निर्वाचन कार्यताकिाअनुसार आज आंगिक र सामुदायिक क्याम्पसमा उम्मेदवारी मनोनयन दर्ता भएको हो ।

जसमध्ये एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले काठमाडौं उपत्यकाका २९ वटा क्याम्पसमा उम्मेदवारी दर्ता गराएको छ ।

जसमध्ये, नेशनल कलेज अफ इन्जिनियरिङमा स्विकार सुवेदी, केइसी कलेजमा सक्रिय सुवेदी, काथफोर्डमा सुनिलसिंह ठकुरी, एनआर क्याम्पसमा अर्जुन खड्का, पशुपति बहुमुखी क्याम्पसमा प्रकाश अधिकारी, सरस्वती क्याम्पसमा युवराज पंगेनी, अस्कल क्याम्पसमा कमल जोशी, आइओएम मेडिकल कलेजमा आनन्दकुमार सिंह, महाराजगञ्ज नर्सिङ क्याम्पसमा नबिना बस्नेतले स्ववियु सभापतिका लागि उम्मेदवारी दर्ता गराएको अनेरास्ववियुका महासचिव नरेश रोकायाले लोकपथलाई जानकारी दिए ।

रोकायाका अनुसार पद्मकन्या क्याम्पसमा सुनैना श्रेष्ठ, बाल्मिकी क्याम्पसमा राजेश घिमिरे, ललितकला क्याम्पसमा सुजन श्रेष्ठ, सानोठिमी क्याम्पसमा उमेश सापकोटा, जनकपुर इन्जिनियरिङ कलेजमा डम्बर भाट, भद्रबासस्थित सहिद आदर्शमा रबिन बस्नेत, थलीस्थित कान्तिपुर क्याम्पसमा सुवास तामाङ लामाले उम्मेदवारी दिएका छन् ।

त्यस्तै, पाटन संयुक्त क्याम्पसमा शुरेस जिसी, जनप्रशासन कलेजमा अग्र शाही, पब्लिक युथ कलेजमा लक्ष्मण दुलाल, पिपुल्स क्याम्पसमा रञ्जित भण्डारी, नेपाल ल क्याम्पसमा कैलाश तामाङ, शंकरदेव क्याम्पसमा मुना तिवारी, विश्वभाषा क्याम्पसमा जोन रम्तेल, भक्तपुर बहुमुखी क्याम्पसमा यादव दुलाल, महेन्द्र रत्न क्याम्पसमा इश्वर थापा, त्रिवि केन्द्रीय क्याम्पसमा प्रकाश विष्ट, हिमालयन ईं कलेजमा माधव गौतम, पुल्चोक इन्जिनियरिङ क्याम्पसमा बिराज अर्याल र थापाथली इन्जिनियरिङ क्याम्पसमा प्रविन थापाले उम्मेदवारी दर्ता गराएको रोकायाले लोकपथलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?