काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सिके राउतले ममता झालाई साझा उम्मेदवार नबनाए मित्रवत् प्रतिस्पर्धा हुने बताएका छन् । जनमत पार्टीको तर्फबाट उपराष्ट्रपति पदका लागि झाको उम्मेदवारी दर्ता गरेसँगै सञ्चारकर्मीसँग कुरा गर्दै राउतले साझा उम्मेदवार नबनाए मित्रवत् प्रतिस्पर्धा हुने बताएका हुन् ।
शनिबार बिहान सत्तारुढ दलबीच भएको सहमतिअनुसार नै गठबन्धनबाट तीन जनाको उम्मेदवार दर्ता भएको उनको दाबी छ ।
शुक्रबार निर्वाचन आयोगले भनेको संविधानको धारा ३८ (४) को मर्मअनुसार नै जनमतले उपराष्ट्रपतिको उम्मेदवार महिला बनाएको उनले बताए । उसो त राउत ममताको पक्षमा सहमति हुनेमा विश्वस्त छन् ।
यदि साझा उम्मेदवारमा सहमति नभए उम्मेदवारी फिर्ता नहुनेबारे उनले प्रष्ट पारे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया