एमालेकी अष्टलक्ष्मी शाक्यले गराइन् उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता

लोकपथ
21
Shares
pk/fi6«kltdf dgf]gog kq btf{ ub}{ zfSo sf7df8f}F, @& kmfu’gM pk/fi6«klt kbsf] lgjf{rgsf nflu ;+;b ejg gofFafg]Zj/df zlgaf/ g]skf -Pdfn]_sf] tkm{af6 dgf]gog kq btf{ ug]{ qmddf pkfWoIf ci6nIdL zfSo . tl:a/ M /Tg >]i7÷/f;;

काठमाडौं । नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी छन् । शाक्यले शनिबार दिउँसो संघिय संसद भवनमा पुगेर उम्मेदारी दर्ता गराएकी हुन् ।

शाक्यका प्रस्तावक एमाले अध्यक्ष केपी शर्मा ओली, सुवासचन्द्र नेम्वाङ, छविलाल विश्वकर्मा, रघुवीर महासेठ र गोकर्ण विष्ट छन्। उनको उम्मेदवारीको समर्थकमा महेश बर्तौला, तुलसा दाहाल, कृष्णगोपाल श्रेष्ठ, भगवाती न्यौपाने र यशोदा रिजाल रहेका छन् । उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते हुँदैछ ।

उपराष्ट्रपति निर्वाचनका लागि आज बिहान ९ देखि दिउँसो २ बजेसम्मका लागि समय निर्धारण गरिएको छ ।

शाक्यसँगै जनमत पार्टीकी ममता झाले पनि उम्मेदवारी दर्ता गराएकी छन् । यता, सत्तारुढ दलबाटै जनता समाजवादी पार्टीले पनि रामसहायप्रसाद यादव र पमिला यादवलाई उम्मेदवार बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?