काठमाडौं । जनता समाजवादी पार्टीले रामसहायप्रसाद यादव र प्रमिला यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकले साझा उम्मेदवार टुंगो लगाउन नसकेपछि जसपाले दुईजनालाई उम्मेदवार बनाएको जसपाका सांसद प्रकाश अधिकारीले लोकपथलाई जानकारी दिए ।
निर्वाचन आयोगले शुक्रबार खस–आर्य बाहेकका समुदायका महिलाको मात्र उम्मेदवारी दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो । त्यो सँगै दलहरुबीचमा अन्योलता सिर्जना भएको छ ।
यदि, यही विषयलाई लिएर भोलि कसैले अदालतमा रिट दायर गरेको अवस्थामा उम्मेदवारी खारेज हुन सक्ने अवस्थालाई मध्यनजर गरी दुईजनालाई उम्मेदवार बनाएको अधिकारी बताउँछन् । ‘भोलि यही विवाद भएको अवस्थामा उम्मेदवारबिहिन हुने अवस्था नबनोस् भनेर हामीले महिला पुरुषलाई नै उम्मेदवार बनाएका हौँ,’ उनले भने, ‘यदि कुनै विवाद नआएको अवस्थामा एकजनाको उम्मेदवारी फिर्ता गर्छौँ ।’
यता सत्तारुढ दलबाटै जनमत पार्टीले पनि उपराष्ट्रपतिमा आफ्नो दाबी गर्दै आएको छ । जनमतले उपराष्ट्रपतिमा ममता झालाई उम्मेदवार बनाएको छ । भने, नेकपा एमालेले अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया