काठमाडौं । उपराष्ट्रपतिको साझा उम्मेदवार टुंगो लगाउन बसेको सत्ता साझेदार दलहको बैठक बिना निष्कर्ष टुंगिएको छ । शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले साझा उम्मेदवार टुंगो लगाउन नसेकेको बैठकमा सहभागि राष्ट्रिय जनमत पार्टीका अध्यक्ष सिके राउतले लोकपथलाई जानकारी दिए ।
‘आज नै साझा उम्मेदवार टुंगो लाग्न सकेन,’उनले भने, ‘अहिले तीन जनाले उम्मेवारी दर्ता गर्ने र भोलि पर्सितिर टुंग्याउने सहमति भएको छ ।’
जसका लागि अहिलेसम्म जनमतकी ममता झा र अन्य दुईजनालाई जनता समाजवादी पार्टीलाई टुंगो लगाउन जिम्मा दिइएको उनले बताए ।
आज बिहान ९ बजेदेखि २ बजेसम्म उपराष्ट्रपतिको मनोनयन दर्ता गर्ने निर्वाचन आयोगको कार्यतालिका छ । उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया