उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन एमालेको सचिवालय बैठक शुरु

लोकपथ
78
Shares

काठमाडौं । उपराष्ट्रपतिमा उम्मेदवार टुंगो लगाउन नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक शुरु भएको छ । च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो ।

बैठकले उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने छ । साथै, पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल हुने बताइएको छ ।

आज बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उपराष्ट्रपतिको मनोनयन दर्ता गर्ने निर्वाचन आयोगको कार्यतालिका रहेको छ । यद्यपि, अहिलेसम्म दलहरुले उम्मेदवार टुंग्याउन सकेका छैनन् ।

यता सत्ता गठबन्धन पनि उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन बालुवाटारमा छलफल चलिरहेको छ । उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?