उपराष्ट्रपतिको उम्मेदवारबारे निर्णय लिन एमाले सचिवालय बैठक बस्दै

लोकपथ
35
Shares

काठमाडौं । उपराष्ट्रपतिमा उम्मेदवार टुंगो लगाउन नेकपा एमालेको सचिवालय बैठक बस्ने भएको छ । च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको बैठकले उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने एमालेका सचिव योगेश भट्टराईले लोकपथलाई जानकारी दिए ।

साथै, समसामयिक राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल हुने उनले बताए । आज उपराष्ट्रपति पदका लागि मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ । यता सत्ता गठबन्धन पनि उपराष्ट्रपतिको साझा उम्मेदवार टुंगो लगाउन छलफलमा जुटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?