काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध दायर मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले निवेदकको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
सर्वोच्चले उक्त मुद्दालाई अग्राधिकार दिँदै आजको मितिले १५ दिनभित्र लिखित जवाफ पेश गर्न प्रचण्डको नाममा आदेश जारी गरेको सर्वोच्च प्रशासनले जनाएको छ ।
आज भएको प्रारम्भिक सुनुवाइमा रिट निवेदकको तर्फबाट अधिवक्ताहरु डासुरेन्द भण्डारी, बालकृष्ण न्यौपाने, दिनेश त्रिपाठी, शिवकुमार यादव, ज्ञानेन्द्र आरण, मणिराम उपाध्याय, अनन्तराज लुइँटेल ध्रवलाल श्रेष्ठ लगायतले बहस गरेका थिए ।
गत फागुन २३ गते अधिवक्ता ज्ञानेन्द्रराज आरण लगायतले प्रचण्डविरुद्ध रिट दायर गरेका थिए ।
तीन वर्षअघि प्रचण्डले द्धन्द्धकालमा मारिएकामध्ये ५ हजारको जिम्मा लिने बताएका थिए । उनको अभिव्यक्तिविरुद्ध निवेदन सर्वोच्च पुगेपनि दरपीठ भएको थियो । तर फागुन १९ गते शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले उक्त रिट दर्ता गर्न आदेश दिएको थियो ।
_faukiyOfG3.jpg)
_SHERCkmMns.jpg)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया