उपराष्ट्रपतिमा जनमतको पनि दाबी, ममता झालाई उठाउने तयारी !

लोकपथ
28
Shares

काठमाडौं । राष्ट्रिय जनमत पार्टीले उपराष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिनेबारे छलफल शुरु गरेको छ । शनिबार हुने उपराष्ट्रपतिको उम्मेदवारी मनोनयन दर्ताका लागि पार्टीभित्र छलफल भइरहेको जनमत पार्टीका अध्यक्ष सिके राउतले लोकपथलाई जानकारी दिए ।

उपराष्ट्रपतिमा आफ्नो पार्टीको पनि दाबी रहेकाले कसलाई उम्मेदवार बनाउने भन्ने बारे छलफल भइरहेको राउतले बताए ।

जनमतबाट उपराष्ट्रपतिका लागि अहिलेसम्म सप्तरीकी जिल्ला इञ्चार्जसमेत रहेकी ममता झाको नाम अघि सारिएको छ । ‘हामी अहिले छलफलमै छौँ,’ लोकपथसँगको कुराकानीका क्रममा राउतले भने, ‘सम्भवतः ममता जी कै नाम टुंगो लगाउँछौँ ।’

झा ०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा राजविराज नगरपालिकाको मेयरमा समेत निर्वाचित भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?