उपराष्ट्रपतिको उम्मेदवार महिला नै हुनुपर्ने हो ?

लोकपथ
133
Shares

काठमाडौं । आगामी चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ ।

उपराष्ट्रपतिको निर्वाचनको उम्मेदवार टुंग्याउनका लागि राजनीतिक दलहरु छलफलमा जुटेका छन् ।

शनिबार (भोलि) उपराष्ट्रपतिको मनोनयन हुँदैछ । तर अहिलेसम्म कुनै पनि दलले उपराष्ट्रपतिको उम्मेदवार टुंग्याउन सकेका छैनन् ।

बिहीबार रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भइसकेका छन् । जसको कारण अब उपराष्ट्रपतिमा महिला नै हुनुपर्ने हो या होइन भन्ने विषयमा अन्यौलता देखिएको छ ।

आजै निर्वाचन आयोगले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपतिमा खस आर्य पुरुष तर्फबाट राष्ट्रपति बनेको र उपराष्ट्रपतिमा फरक लिंग वा अन्य समुदायबाट हुनुपर्ने भनेको छ । जसको कारण महिला नै हुनुपर्ने हो या अन्य समुदायको पुरुष पनि उपराष्ट्रपतिको उम्मेदवार बन्न पाउँछ भन्ने विषयमा अन्यौलता देखिएको हो ।

सो विषयमा निर्वाचन आयोग समानुपातिक निर्वाचन प्रणालीका प्रवक्ता समेत रहेका सहसचिव गुरुप्रसाद वाग्लेले राष्ट्रपतिमा खस आर्यको उम्मेदवारले जितेको भन्दै उपराष्ट्रपतिमा खस आर्य बाहेकका पुरुषले पनि उम्मेदवार बन्न पाउने दाबी गरे ।

‘खस आर्यबाहेकका पुरुषले पनि उपराष्ट्रपतिमा उम्मेदवारी दिन पाउँछन् ।’ लोकपथसँग वाग्लेले भने ।

राष्ट्रपति तथा उपराष्टपतिको निर्वाचन सम्बन्धि ऐन, २०७४ को दफा १६ (५)मा राष्ट्रपतिको भन्दा फरक लिंग वा समुदाय भएको व्यक्तिले उपराष्ट्रपतिमा उम्मेदवारी दिन सक्ने उनले बताए ।

‘राष्ट्रपति तथा उपराष्टपतिको निर्वाचन सम्बन्धि ऐन, २०७४ को दफा १६ (५)मा उपराष्टपतिको उम्मेदवार मनोनयन गर्दा राष्टपतिमा निर्वाचित भएको भन्दा लिंग वा समुदायभन्दा फरक व्यक्ति भएको व्यक्ति मनोनयन गर्नुपर्छ । यसले महिला उम्मेदवार नै भन्ने एकिन गरेको छ । यसले दलहरुलाई पनि सोच्न बाध्य गरायो ।’ वाग्लेले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?