युवतीकाण्डमा गोली चलाउनेको बन्दुक यता भेटियो

काठमाडौं, ६ असोज – काठमाडौं महानगरपालिका–१६ नँयाबजारस्थित श्री कृष्ण अटो वर्कशपमा लुकाई राखेको बा.५ च ९१७५ नम्बरको कारको सिटमुनीबाट प्रहरीले आइतबार २ थान गोली र काठमाडौं महानगरपालिका –१३ टंकेश्वरबाट १ थान पेस्तोल बरामद गरेको छ ।  गोर्खा धार्के गाउँपालिका–४ लाप्राक घर भएका २८ वर्षीय कल्याण गुरुङलाई काठमाडौं नागार्जुन–५ घर भएका ३५ वर्षीय आश्विन भन्ने असुन गुरुङले गोली प्रहार गरेको घटनामा पक्राउ परेका गुरुङको बयानको आधारमा प्रहरीले उक्त स्थानबाट गुरुङले प्रयोग गरेको कारबाट गोली र  टंकेश्वरस्थित खुल्ला जमिनमुनी लुकाई राखेको अबस्थामा पेस्तोल बरामद गरेको हो ।  आश्विनले युवतीको विवादमा  गोली चलाएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?