काठमाडौंं । विभिन्न ४ कम्युनिष्ट पार्टीको संयुक्त मोर्चाले मोर्चाको विभिन्न स्वरुप र कार्यक्रमहरु तय गरेको छ ।
शुक्रबार बसेको ४ दलको बैठकले मोर्चाको स्वरुप र विभिन्न कार्यक्रमहरु सार्वजनिक गरेको हो ।
आज नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेल, वैज्ञानिक समाजवादी पार्टीका महासचिव आहुति र नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकीको संयुक्त बैठकले विभिन्न निर्णय गरेको हो ।
संयुक्त मोर्चाको नाम समाजवादी, देशभक्त मोर्चा रहने, केन्द्र, प्रदेश र जिल्लामा निकाय राख्ने साथै आवश्यक्ता अनुसार स्थानीय तहमा समेत संगठन विस्तार गर्ने घोषणा गरिएको छ । त्यस्तै केन्द्रीय समितिको आकार १५ देखी २१ जनासम्मको बनाउने तथा प्रदेश र जिल्लाको आकार ११ देखि १५ जनासम्मको हुने लगायतका स्वरुप बनाउने घोषणा संयुक्त मोर्चाको रहेको छ ।
त्यस्तै आजै मोर्चाले विभिन्न कार्यक्रमको समेत घोषणा गरेको छ । जसमा एमसीसी र एसपीपीविरुद्ध संघर्ष गर्ने, भारतसँग गरिएको १९५० को सन्धी, गोरखा भर्ती, कोशी गण्डक महाकाली लगायतका सन्धी खारेज गर्ने निर्णय समेत मोर्चाको कार्यक्रममा रहेको छ ।
त्यसैगरी वैज्ञानिक समाजवाद र जनवादसम्बन्धि विभिन्न विषयमा समेत मोर्चाले निर्णय गरेको छ । जसमा बैंकको चर्को ब्याजदर, लघुवित्तकको लुटपाट, वित्तीय सहकारी शोषण र मिटरब्याज साथै मनपरी घरभाडा वृद्धिको विरुद्ध संघर्ष गर्ने मोर्चाको घोषणा गरेको छ ।
त्यसको साथै १० वर्षे जनयुद्ध, १९ दिने जनआन्दोलन, मधेश आन्दोलन, एकीकृत जनक्रान्ति लगायत सबै प्रकारका न्यायपूर्ण जनसंघर्षमा सदाहत प्राप्त शहीदहरुलाई राष्ट्रिय शहीद घोषणा र तिनका परिवारलाई राहत तथा व्यवस्थापनका निम्ति संघर्ष गर्ने लगायतको घोषणा गरेको छ ।
२०७७ माघ १९ गते चार दलको संयुक्त मोर्चा घोषणा भइ विभिन्न विरोधका कार्यक्रमहरु गर्दै आइरहेको थियो ।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया