राष्ट्रपति निर्वाचनमा सुवास नेम्वाङको खर्च १६ हजार ५ सय

लोकपथ
35
Shares
/fi6«klt kbsf pDd]bjf/ g]Dafª clejfbg ug{‘x’Fb} sf7df8f}F, @% kmfu’g M /fi6«klt kbsf pDd]bjf/ ;’jf;rGb| g]Dafª /fi6«klt kbsf] lgjf{rsf] lbg dtbfgkZrft clejfbg ug{‘x’Fb} . tl:a/ /Tg >]i7÷/f;;

काठमाडौं । बिहीबार सम्पन्न भएको राष्ट्रपति निर्वाचनमा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङले खर्च विवरण सार्वजनिक गरेका छन् ।

शुक्रबार निर्वाचन प्रतिनिधि महेश बर्तौलाले निर्वाचन अधिकृतको कार्यालयमा बुझाएको विवरण अनुसार नेम्वाङको चुनावी खर्च १६ हजार ५ सय रहेको छ ।

मतदाताहरुलाई एसएमएसमार्फत मत माग्दा १० हजार खर्च भएको उल्लेख गरिएको छ । त्यस्तै मसलन्दमा अरु बाँकी ६ हजार ५ सय खर्च भएको छ ।

बिहीबार सम्पन्न निर्वाचन कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलसँग पराजित भएका थिए ।

पौडेलले ३३ हजार २ सय मतभार रहेको थियो भने नेम्वाङको १५ हजार ५१ मतभार रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?