सत्तामा हुँदा लचकता, सत्ता बाहिर हुँदा राष्ट्रियता !

लोकपथ
210
Shares

काठमाडौं । केही दिनअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुस्ताङमा भारतीय दूतावासको सहयोगमा बौद्ध कलेज बनाउन लागेको भन्ने विषयले चर्चा भइरहेको छ ।

आफू सत्ताबाट बाहिरिएपछि आफैंले बनाएको प्रधानमन्त्री नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेको भन्दै आलोचना गरे ।

तर मुस्ताङमा बौद्ध कलेज बनाउने विषय भने अर्थ मन्त्रालयबाट स्वीकृत भएको छैन। आफू सत्तामा हुँदा विदेशी शक्तिहरुप्रति अनावश्यक नरम देखिने र सत्ताबाट हटेपछि भने एकाएक तिनै विदेशी शक्तिहरुमाथि गरम बन्ने ओलीमा रहेको भन्दै उनकै आलोचना भइरहेको छ ।

एकातिर एमालेका नेता–कार्यकर्ता समेत आबद्ध भएको मुस्ताङ साक्या बौद्ध संघले कलेज स्थापनाको प्रक्रिया अघि बढाएको थियो भने अर्कोतिर एमालेबाटै निर्वाचित गाउँपालिका अध्यक्ष रिङ्जीन नामगेल गुरुङले भारतीय राजदूतावासमा पत्राचार गरेका थिए।

केही समयअघि मात्रै सरकारबाट बाहिरिएका ओलीले सरकारविरुद्ध प्रहार गर्ने अस्त्र मुस्ताङमा खोलिन लागेको कलेजलाई बनाए ।

छिमेकी देश चीनसँग सीमा जोडिएको मुस्ताङमा भारतले गुम्बा बनाउन लागेकोमा ओलीले कटाक्ष गरेको भनेर पनि टिप्पणी भइरहेको छ ।

सोही विषयमा बोल्दै राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले भारतसँग सीमा जोडिएको भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा चिनियाँ सहयोग, फास्ट ट्र्याकमा चिनियाँ लगानी र ठेक्का लगायत रहे पनि विकास निर्माणको काममा त्यसरी बोल्न नहुने उनको टिप्पणी छ ।

‘ओलीले सत्तामा हुँदा अहिलेको उनको भनाइलाई नै आधार मान्ने हो भने पटक–पटक छिमेकी देश भारतलाई चिढाउने काम गरेका छन्। ओलीको गृहजिल्ला झापाको दमकमा निर्माण गर्न लागिएको ‘नेपाल–चीन औद्योगिक पार्क’ का लागि चिनियाँ सहयोगलाई पनि भारतविरुद्धको गद्धारीको रुपमा लिने ?’ उनले भनेका छन् ।

चिनियाँ सहयोगमा निर्माण हुने सो पार्कको शिलान्यास प्रधानमन्त्री छँदा ओली आफैले १६ फागुन २०७७ मा गरेका थिए । उक्त पार्क निर्माणसम्बन्धीका सम्पूर्ण सम्झौताहरु अझै पनि
गोप्य राखिएका छन्। स्थानीयहरुलाई विस्थापित गरेर बनाउन लागिएको पार्कको विषयमा विवाद भएपछि अहिले निर्माण रोकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?