काठमाडौं । बिहीबार भएको राष्ट्रपति निर्वाचनमा निर्वाचित भएसँगै रामचन्द्र पौडेललाई बधाईको ओइरो आइरहेको छ ।
सो क्रममा नेकपा एमालेका नेता गोकुल बास्कोटाले बधाई दिँदै पक्षपातपूर्ण व्यवहार नगर्न सुझाव दिएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै नेता बास्कोटाले सभामुख हुँदाको जस्तो पक्षपातपूर्ण व्यवहार नहोस् भन्दै टिप्पणी गरेका छन् । साथै सवारीमा सडक जाम अन्त्य होला भन्दै व्यंग्य समेत गरेका छन् ।
‘नेपालको राष्ट्रपति जस्तो गरिमामय पदमा निर्वाचित हुनु भएकोमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलज्युलाई हार्दिक बधाई! सभामुख हुंदाको जस्तो पुर्वाग्रही ब्यबहार कसैप्रति नहोस र सडक जाम त आजैबाट अन्त भैहाल्छ ।’ उनले भनेका छन् ।
एमालेका उम्मेदवार सुवास नेम्वाङलाई हराउँदै पौडेल राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया