रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने जसपाको निर्णय

लोकपथ
84
Shares
sf7df8f}F, @% k’;M k|ltlglw;ef a}7sdf g]tf ofbj ;ª3Lo ;dfhjfbLsf g]tf /fd;xfok|;fb ofbj ;f]daf/ a;]sf] k|ltlglw;efsf] a}7sdf dGtJo JoQm ug{‘x’Fb} . tl:a/ M /Tg >]i7÷/f;;

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आज बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको जसपा सांसद प्रदीप यादवले लोकपथलाई जानकारी दिए ।

‘आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले संसदीय दलका नेता रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।’ उनले भने ।

यसअघि नै गठबन्धनले उपराष्ट्रपति जसपाबाट बनाउने निर्णय गरेको थियो ।

आगामी चैत ५ गते उपराष्ट्रपति निर्वाचन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?