राष्ट्रपति निर्वाचनमा ५ मत बदर

लोकपथ
196
Shares

काठमाडौं । राष्ट्रपतिमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार भएको निर्वाचनमा पौडेल गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

पौडेल ३३ हजार ८०२ मतभारसहित निर्वाचित भएका हुन् । उनले २१४ जना संघीय सांसद र ३५२ जना प्रदेश सांसदको मत पाएका छन् । आज भएको राष्ट्रपतिको निर्वाचनमा प्रदेश सांसदतर्फको ५ मत बदर भएको छ ।

नवनिर्वाचित पौडेललाई उनको दल नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा लगायत दल र स्वतन्त्र सांसदको समेत समर्थन रहेको थियो ।

यता नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ राष्ट्रपतिको उम्मेदवार बनेका थिए । कुल ८८२ मतदातामध्ये ८३१ मतदाताले निर्वाचनमा भाग लिएका छन्। ३३२ संघीय संसदका सदस्यहरुमध्ये ३१३ जना र ५५० प्रदेश सभा सदस्यहरुमध्ये ५१८ जनाले मतदान गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?