प्रचण्डविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा

लोकपथ
77
Shares

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध परेको रिट हेर्न नभ्याइने सूचीमा परेको छ ।

बिहीबार (आज) का लागि सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा प्रारम्भिक सुनुवाइका लागी पेशी राखिएको थियो । तर उक्त मुद्दा आज हेर्न नभ्याइने सूचीमा राखिएको हो ।

फागुन १९ गते शुक्रबार सर्वोच्चले यसअघि दरपीठ भएको प्रचण्डविरुद्धको रिट दर्ता गर्न आदेश दिएको थियो ।

त्यससँगै द्वन्दकालको मुद्दामा प्रचण्डलाई कारबाही हुनुपर्ने माग राखेर अधिवक्ता ज्ञानेन्द्रराज आरण र चिरञ्जिविवास गिरीले सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?