काठमाडौं । नयाँ राष्ट्रपति चयनका लागि भएको निर्वाचनको मतगणना शुरु भएको छ ।
केहीबेरअघि संघीय संसद भवन नयाँ बानेश्वरको स्काईलाइट हलमा हलमा मतगणना शुरु भएको हो ।
बिहान १० बजेबाट शुरु भएको मतदान दिउँसो ३ बजे सम्पन्न भएको हो ।
मतगणनाका लागि नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलका तर्फबाट कांग्रेस प्रमुख सचेतक रमेश लेखकलाई प्रतिनिधि तोकिएको छ । त्यस्तै एमाले उम्मेदवार सुवास नेम्वाङको तर्फबाट एमाले सांसद महेश बर्तौलालाई प्रतिनिधि तोकिएको छ ।
राष्ट्रपति निर्वाचनमा संघीय सदनका सांसद र प्रदेश सभाका सांसद मतदाता रहेका छन् । कुल ८८२ मतदाता रहेकोमा आजको मतदानमा ८३१ मात्र ै सांसदको उपस्थिती रहेको थियो । संघीय संसदका ३३४ मध्ये ३१३ सांसदको सहभागिता रहेको थियो । भने प्रदेशका ५५० सांसदमध्ये ५१८ सांसदको मात्रै उपस्थिती रहेको थियो ।
संघीय सांसदको कुल मतभार ७९ र प्रदेश सांसदको कुल मतभार ४८ तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया