काठमाडौं । केहीबेरअघि सम्पन्न राष्ट्रपति निर्वाचनको मतगणनाको लागि दलगत प्रतिनिधि तोकिएको छ ।
साढे ३ बजेबाट मतगणना हुँदैछ । त्यसको लागि गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलका प्रतिनिधिमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकलाई तोकिएको छ । त्यस्तै एमालेका उम्मेदवार सुवास नेम्वाङको प्रतिनिधिमा एमाले सांसद महेश बर्तौला तोकिएको छ ।
बिहान १० बजेबाट शुरु मतदान दिउँसो ३ बजे सकिएको हो ।
आजै विजेतालाई आजै प्रमाणपत्र दिने तयारी गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया