नेकपा स्थायी समितिमा राजनीति प्रतिवेदन परिमार्जनबारे छलफल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक बसिरहेको छ । बिहान ८ बजेदखि सुरु बैठक पार्टी कार्यालय धुम्बराहीमा जारी छ । 

बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन परिमार्जनको विषयमा छलफल भइरहेको हो । यसअघि बिहिबार प्रधानमन्त्री तथा अध्यक्ष ओलीले सदस्यहरुले राजनीतिक प्रतिवेदनमाथि उठाएका प्रश्नको जवाफ दिएका थिए ।

तर, ओलीको जवाफ चित्तबुझ्नो नभएको भन्दै नेताहरु वामदेव गौतम, भीम रावल र घनश्याम भुसालले असहमति जनाएका थिए । आफूहरुले उठाएका विषय सम्वोधन नगरी प्रतिवेदन पारित गर्न नसकिने उनीहरुले बताएका थिए । 

ओलीले जवाफ दिएपछि धेरै नेताले बोल्नका लागि हात उठाएपछि बैठक आज बिहानसम्मका लागि स्थगित गरिएको थियो । मंसिर २९ गते शुरु बैठक आजै समापन गर्ने तयारी रहेको बताइएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?