सकियो राष्ट्रपति निर्वाचनको मतदान, साढे ३ बजेबाट मतगणना शुरु हुने

लोकपथ
56
Shares

काठमाडौं । नयाँ राष्ट्रपति निर्वाचनको मतदान सकिएको छ । बिहान १० बजेबाट शुरु भएको मतदान ३ बजेसम्म तोकिएको थियो । तोकिएकै समयमा मतदान सकिएको हो ।

निर्वाचन आयोगका अनुसार कूल ८८२ मतदातामध्ये ८३१ मतदाताले निर्वाचनमा भाग लिएका छन्। ३३२ संघीय संसदका सदस्यहरुमध्ये ३१३ जना र ५५० प्रदेश सभा सदस्यहरुमध्ये ५१८ जनाले मतदान गरेका हुन्।

राष्ट्रपति निर्वाचनको लागि संघीय संसदका सांसदको मतभार ७९ र प्रदेशका सांसदको मतभार ४८ रहेको छ ।

संघीय संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा मतदान सम्पन्न भएसँगै साढे ३ बजेबाट मतगणना हुनेछ ।

संघ र प्रदेश सांसदको छुट्टाछुट्टै मतगणना हुनेछ ।

अन्तिम परिणाम आएसँगै आजै प्रमाणपत्र दिइने कार्यतालिका रहेको छ ।

निर्वाचनमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका रामचन्द्र पौडेल र एमालेका तर्फबाट सुवास नेम्वाङ उम्मेदवार रहेका छन् ।

यो गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिको निर्वाचन हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?