ओलीले भने, ‘कांग्रेससँग सहकार्य हुँदैन भनेर कसम खाएका छैनौँ’

लोकपथ
28
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनपछि नेपाली कांग्रेस र नेकपा एमालेको सरकार बन्दैन भन्न नसकिने दाबी गरेका छन् ।

आज संघीय संसद भवनमा राष्ट्रपति निर्वाचनको लागि मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले राजनीतिमा जे पनि सम्भव छ र केही पनि सम्भव छैन भन्ने कुराले सार्थकता पाउने उनले बताए ।

ओलीले भने, ‘राजनीतिमा जे पनि सम्भव छ, केही पनि सम्भव छैन भन्छन् नि, त्यही हो। एक ठाउँमा नआउने भनेर कसम आएको छैन ।’

उनले आगामी राष्ट्रपतिबाट सार्वभौम सत्ताको रक्षा, भौगोलिक अखण्डताको रक्षा, राष्ट्रिय हीत र स्वाभिमानको रक्षा, लोकतन्त्रको रक्षा, जनताप्रति उत्तरदायी, संविधानको पक्षमा उभिने, संविधानको पक्षमा उभिनलाई आफ्नो स्वार्थमा व्याख्या गर्ने, त्यसलाई संविधानसम्मत लोकतान्त्रिक कोणबाट व्याख्या गर्ने, देशप्रति बफादार भएर संविधानको रक्षक, पालकको हिसावले देशको अभिभावकको भूमिका वहन गर्नसक्ने राष्ट्रपति आवश्यक रहेको बताए।

उनले यसअघिका राष्ट्रपतिको आलोचना गर्नेहरु संकीर्ण स्वार्थ बोकेकाहरुले सानो स्वार्थ पूरा भएन भनेर राष्ट्रपतिको मर्यादा नगरेको भन्दै राष्ट्रपतीय प्रणालीलाई नै मन नपराउनेले बिरोध गरेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?