काठमाडौं । राष्ट्रपति निर्वाचनको मतदान चलिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीले रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरेको छ ।
आज बसेको रास्वपाको बैठकले सो निर्णय गरेको एक सांसदले लोकपथलाई जानकारी दिए ।
‘आजको बैठकमा सबै नेताहरुको रायपछि गठबन्धनका उम्मेदवारलाई मतदान गर्ने निर्णय गरेका हौँ ।’ ती सांसदले भने ।
संघीय संसद भवनमा राष्ट्रपति निर्वाचनको मतदान जारी रहेको छ । तर रास्वपाले भने अन्तिम समयमा मात्रै निर्णय गरेको हो । गत निर्वाचनमा रास्वपाले २० सिट जितेको थियो । तर नागरिकता विवादमा पार्टी सभापति समेत रहेका तत्कालिन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सांसद पद गएसँगै हाल संसदमा रास्वपाका १९ सांसद रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया